बिना तार चार्ज हुने गुगल नेक्सस
काठमाडौँ । गुगलले आफ्नो ट्याबलेट नेक्सस ७ को नयाँ संस्करण लञ्च गरेको छ । यो ट्याबलेट तार नजोडीकन चार्ज हुनेछ । यो उपकरण बुधबार सनपान्सिस्कोमा भएको कार्यक्रममा र्सार्वजनिक गरिएको हो । बेलायती बजारमा यो क्रिसमसअघि उपलव्ध हुनेछ । नेक्सस ७ आफ्नो पूववर्ती ट्याबलेटभन्दा बढी स्लीम र हल्का छ । साथै यसमा तीब्र गतिको इन्टरनेटका लागि ४ जी प्रविधिको विकल्प हो । ट्याबलेटको दुइ मोडल मात्र वाइफाईमा चल्नेछ । यो गुगल एन्ड्रोयडको जैलीबीन ४.३ भर्सनमा चल्ने पहिलो ट्याबलेट हुनेछ । र्सार्वजनिक कार्यक्रमका क्रममा गुगलका इन्ड्रोयड उत्पादनका उपाध्यक्ष हुगो बाराले भने- नेक्सस ७ बजारमा हिट थियो । हामी यसैको सफलता अघि बढाउने कोसिस गरिरहेका छौँ । पहिलो पुस्ताको ट्याबलेटमा महत्वपूण् अपडेट गरिएको छ । स्त्रिन रेज्युलेशन बढाइएको छ, पिक्सल दोब्बरबाट पनि बढी गरिएको छ । ३२३ पिक्सलप्रति इञ्चको रेज्युलेशनका साथ यो संसारको सबैभन्दा बढी रेज्युलेशन स्त्रिन भएको ट्याबलेट हुनेछ । ट्याबलेटमा ५ मेगापिक्सलको मुख्य क्यामेरा र १.२ मेगापिक्सलको प|न्ट क्यामेरा पनि हुनेछ । अमेरिकामा १६ जीबी ट्याबलेटको मूल्य २२९ डलर र ३२ जीबी बराबरको मूल्य २६९ डलर हुनेछ । नयाँ नेक्सस ट्याबलेटको ब्याट्री पनि बढी चल्नेछ । गुगलका अनुसार यो ट्याबलेट एक पटक चार्ज गरेपछि ९ घण्टासम्म भिडियो हेन सकिनेछ । या दश घण्टासम्म इन्टरनेट ब्राउजिङ गर्न सकिनेछ । एन्ड्रोयड भर्सन ४.३ अनुसार बच्चाले स्टोरबाट एप्लिकेशन खरिद गर्न रोक्ने विकल्प पनि हुनेछ । सात इञ्च हाई डेफिनेशन स्त्रिmन भएको यो ट्याबलेटमा भर्चुअल सराउन्ड साउन्डको अनुभूति गराउने स्पिकर लगाइएको छ । अमेरिकामा ट्याबलेटको वाइफाई भर्सन ३० जुलाईमा बजारमा आउनेछ । र, यसको अर्को साता यो पान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया र अन्य मुलुकमा र्सार्वजनिक गरिनेछ । – एजेन्सी