अब आवाजको इशारामा नै चल्ने मोवाइल
काठमाडौं, गुगलको स्वामित्वमा रहेको मोटरोलाले ‘अलवेज लिसनिङ’ फोन लन्च गरेको छ। ‘अलवेज लिसनिङ’ अर्थात यो फोनले प्रयोगकर्ताको आवाजको इशारामा नै काम गर्छ। तपाईंले मोवाइलमा किप्याड थिचिरहनु पर्दैन, बोलिदिए पुग्छ। ‘मोटो एक्स’ नाम दिइएको यो नयाँ फोनले भ्वाइस कमाण्डको आधारमा काम गर्छ।अमेरिकामा बनेको यो फोनमा प्रयोगकर्ताले आफ्नो अनुकूलअनुसार चलाउन सकुन भनेर अन्य विकल्पहरु पनि दिइएको छ। सर्च इन्जिन बादशाह गुगलले गत वर्ष मोटोरोलालाई १२.५ अरब डलरमा किनेको थियो।गत वर्षको मे महिनामा मोटोरोलाको स्वामित्व गुगलसँग आएपछि मोटो एक्सलाई पूर्ण रुपमा आफैँ डिजाइन गरेको हो। मोटो एक्सले गुगलको मोवाइल फोनको बजार रणनीतिको संकेत दिने अनुमान गरिएको छ।केही ठूलो स्क्रिन रहने यो फोन ध्वनिलेले कन्ट्रोल हुन्छ। स्मार्टफोन प्रयोगकर्तालाई यो नयाँ अनुभाव हुनेछ। भ्वाइस कमाण्ड सिस्टम भएको फोनमा पहिला एक बटन थिचेपछि तपाईं कमाण्ड दिन सक्नुहुन्छ। यो अपरेटिङ सिस्टममा पहिला तपाई ‘ओके गूगल नाउ’ भन्ने बाक्य बोल्नु पर्नेछ र आफ्नो कमाण्ड दिनु पर्नेछ। त्यसपछि फोनले भ्वाइस कमाण्ड अनुसार काम गर्नेछ।- एजेन्सी