आज राती उल्कावर्षा

२०७० श्रावण २८ गते, सोमबार

काठमाडौ, २८ साउन– आज राती आकाशमा उल्का वर्षा देख्न सकिने खगोलविदहरुले बताएका छन् ।उनीहरुका अनुसार राति १ बजेपछि पूर्व उत्तरदेखि पश्चिम उत्तरतर्फको आकाशमा प्रष्टसँग उल्का वर्षा देख्न सकिनेछ । मंगलबार विहान उज्यालो हुने बेला र राती पनि यसैगरी उल्का वर्षा देख्न सकिन्छ ।
उल्का वर्षा अवलोकनको लागि कुनै उपकरणको आवश्यकता नपर्ने र पायक पर्ने ठाउँबाटै हेर्न सकिने खगोलविदहरुले बताएका छन् । पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्छ ।
जब पृथ्वीले सूर्यको परिक्रमा गर्दा पुच्छ्रेताराको त्यो कक्षको नजिक पुग्छ, ती धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा अर्थात नेपाली जनजिब्रोमा तारा खसेको भनिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]