माइक्रोम्याक्सको ‘क्यानभास-४ ‘नेपाल भित्रियो

काठमाडौं,३० साउन । भारतीय ब्राण्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन ‘क्यानभास-४’ नेपालका लागी आधिकारिक बिक्रेता मुरारका अर्गनाइजेशनले नेपाली बजारमा भित्राएको छ । । ‘क्यानभास-४’ माइक्रोम्याक्सको क्यानभास सिरिजमा सुधारिएको स्मार्टफोन हो । माइक्रोम्याक्सको ‘क्यानभास-४’ मा पछाडी १३ मेगापिक्सेल एलइडी क्यामेरा रहेको छ भने अगाडी ५ मेगापिक्सेल क्यामेरा रहेको छ । यस स्मार्टफोनबाट फेस डिटेक्सन गरि उच्च गुणस्तरको भिडियो र फोटो खिच्न सकिन्छ ।
‘क्यानभास-४’ स्मार्टफोन आँखाको गतिबाट चल्ने स्मार्टफोन हो । यसमा भिडियो हेरिरहेका बेलामा आँखा स्त्रिmन बाहिर लगे भिडियो अटोमेटिक रोकिन्छ भने आँखा स्त्रिmनमा ल्याएपछि भिडियो आफै चल्न थाल्छ । यसभन्दा अगाडी सामसुङले आँखाको गतिबाट चल्ने स्मार्टफोन ‘सामसुङ एसफोर’ बजारमा ल्याएको थियो ।‘क्यानभास-४’ मा एउटा भिडियो हेर्दा-हेर्दै त्यसलाई पज नगरि अर्को भिडियो हेर्न मिल्ने कम्पनीले जनाएको छ । यसमा ५ इञ्चको एचडी स्क्रिन रहेको छ । जस्ले गर्दा उच्च क्वालिटीको भिडियो हेर्न सकिनेछ । १.२ गिगाहर्ज क्वार्ड कोर कोर्टेक्स प्रोसेसर रहेको ‘क्यानभास-४’ मा ४.२ ओएस जेलिबिन अपरेटिङ सिष्टम रहेको छ । यसमा दुई सीम प्रयोग गर्न मिल्नुका साथै हरेक समय थि्रजी कनेक्ट हुने कम्पनीको दाबि छ ।‘क्यानभास-४’ मा १६ जीबी फ्लास मेमोरी रहेको छ भने आवश्यकताअनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने छ । स्मार्टफोन किन्दा फिल्प कभर सित्तैमा पाइने छ ।