सुविसु क्यान सफ्टेक मेला भदौ १९ गतेदेखि

२०७० भाद्र १४ गते, शुक्रबार

काठमाडौं, १३ भदौ । कम्प्युटर एशोसिएशन अफ नेपालले यहि भदौ १९ गतेदेखि २१ गतेसम्म काठमाडौंमा सुविसु क्यान सफ्टेक मेलाको आयोजना गर्ने भएको छ । क्यानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलामा १ सय २० वटा कम्पनीले भाग लिने जनाएको छ। मेलामा सफ्टवेयर, सर्भिसेज, सनेलुसन र सञ्चारको क्षेत्रमा भएका नयाँ–नयाँ प्रविधिको विकासको बारेमा एउटै छानाबाट जानकारी दिइने आयोजकले जनाएको छ ।
मेलामा विभिन्ना सेवा प्रदायक संस्थाहरुलाई अत्यावश्यक सफ्टवेयरहरुका स्टलहरु रहेका छन् । त्यसैगरी अस्पताल, बैङ्क र लाइब्रेरीलगायतका संघ संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयरको पनि प्रर्दशनी गरीने छ । त्यसैगरी कम्प्युटर तथा सूचना प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्ने विभिन्न स्टलहरु पनि राखिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । दृष्टिबिहरुनहरुको सूचना तथा सञ्चार प्रविधिमा पहुँच राख्नका लागि तयार गरीएका नयाँ–नयाँ प्रविधिहरुको पनि प्रर्दशनी गरीने छ ।

प्रतिक्रियाहरु

[anycomment]