६६ लाख पर्ने टेलिभिजन
काठमाडौँ । दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन र्सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्त्रिmन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षाट बजारमा बिक्री सुरु हुने सामसुङले जनाएको छ । जर्मनीको बर्लिनमा आयोजित व्यापार मेलाका क्रममा यो भिमकाय टेलिभिजन र्सार्वजनिक गरिएको छ । यो ११० इन्चको टेलिभिजन बजारमा आउन अझै केही समय लाग्ने भएपछि सामसुङले ९८ इन्चको एस नाइन हाइ डेफिनेसन टेलिभिजन भने बजारमा ल्याइसकेको जनाएको छ । यसको अन्तर्रर्ााट्रय बजारमा मूल्य झण्डै ६६ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ । सामसुङका अनुसार यो ११० इन्चको अल्ट्रा एच डी टेलिभिजनबाट जापानी दशर्कहरुले सुरुमा आगामी वर्षहुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हर्ेन पाउनेछन् भने बेलायती दर्शकले सन् २०१५ को रग्बी विश्वकप हर्ेन पाउनेछन् ।
बर्लिनमै आयोजित समारोहमा सामसुङले दुइजना मान्छेले एकैचोटी दुइवटा च्यानल हेनमिल्ने टेलिभिजन पनि र्सार्वजनिक गरेको छ । एस ९ सी नामक उक्त टेलिभिजनको स्त्रिन सिधा नभएर केही घुमेको छ ।