एप्पलको नयाँ आइफोन बजारमा
काठमाडौं, २८ भदौ – अमेरिकी कम्पनी एप्पलले दुई नयाँ आइफोन बजारमा ल्याएको छ ।कम्पनीले आइफोन फाइभ एस र आइफोन फाइभ सी बजारमा ल्याएको हो । १६ जिबी फाइभ एसको बजार मुल्य ५ सय ४९ पाउण्ड तथा ६४ जिबी ७ सय ९ पाउण्ड तोकिएको छ ।
यस्तै १६ जिबी स्टोरेज क्षमताको फाइभ सीको बजार मुल्य ४ सय ६९ पाउण्ड तोकिएको छ । मंगलबार राती सार्वजनिक भएको फाइभ एसमा फोनको मेन बटनमा फिंगरप्रिन्ट सेन्सरसहित ल्याइएको कम्पनीले जनाएको छ । यस्तै फाइभ सी भने विभिन्न रङहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ फोन सार्वजनिक भएसँगै कम्पनीले व्यापारिक रणनीति परिवर्तन गर्न खोजेको देखिएको विश्लेषण गरिएको छ । एकै सयममा दुई मोडलका फोन सार्वजनिक हुनुले पनि यसको संकेत गरेको विश्लेषकहरुको दावी छ । यस अघि एप्पलले दुई वटा फोन एकै पटक सार्वजनिक गरेको थिएन ।- एजेन्सी