राष्ट्रिय विज्ञान दिवस मनाईंदै

२०७० आश्विन १ गते, मंगलवार

काठमाडौं, १ असोज । नेपालमा पहिलोपटक आज राष्ट्रिय विज्ञान दिवस मनाईंदै छ । वैज्ञानिकहरुलाई प्रोत्साहित गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को संयोजनामा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयल आजदेखि यो दिवस मनाउन लागिएको हो ।‘विज्ञान तथा प्रविधि देशको सम्वृद्धि’ भन्ने नाराका साथ २० वर्षपछि मनाउन लागिएको दिवस उपयोगी र महत्वपूर्ण हुने आयोजको भनाई छ । यसअघि विसं २०५० सालमा नास्टले विज्ञान सप्ताह सुरु गरेको भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन ।दिवसका अवसरमा नेपाल प्रज्ञा भवन कमलादीमा आज र भोलि विभिन्न वैज्ञानिक प्रदर्शनी आयोजना गरिनेछ । त्यस्तै नेपालमा वनस्पतीका बारेमा विस्तृत जानकारी दिने नेपालपीडिया पुस्तक प्रकाशन गर्न लागिएको नास्टले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]