अन्तरिक्ष स्टेशन बनाउने चीनको तयारी

२०७० आश्विन १३ गते, आईतवार

१३ असोज । चीनले एक दशकभित्र पहिलो अन्तरिक्ष स्टेसन बनाउने लक्ष्य राखेको छ । तल्लो पृथ्वीको अक्षमा स्थापना गरिन लागिएको सो स्टेसनले छोटो मिसनका लागि ६ ओटा र लामो मिसनका लागि तीनओटा चालक दलका सदस्यलाई राख्न सक्नेछ ।यसको डिजाइन तीनओटा क्याप्सुलबाट बनेको बताइन्छ । कार्गे भेसलसहित एउटा प्रमुख मोड्युललाई दुईओटा प्रयोगशालाहरूसँग जोडिएको छ । सन् २०२३ मा सम्पन्न गरिने योजनालाई बेइजिङको इन्टरनेसनल अस्ट्रानेटिकल कंग्रेस आईएसीमा खुलासा गरिएको थियो । चीनको मानव अन्तरिक्ष निकायका अनुसार अन्तरिक्ष स्टेसनलले ६० वर्गकिलोमिटर ओगट्नेछ ।त्यसैगरी मोड्युलको कुल तौल २० देखि २२ मेट्रिक टन हुनेछ र यसलाई स्वनियन्त्रित दुईओटा ल्याबसँग जोडिनेछ । सो स्टेसन सञ्चालनमा आएपछि अन्तरिक्षयात्री अर्बिटमा लामो मिसन सुरु गर्नेछन् । त्यसैगरी, उनीहरूले त्यहाँ प्राविधिक र वैज्ञानिक परीक्षण गर्ने अन्तरिक्ष निकायकी निर्देशक वाङ झाओयाओले बताइन् । तर, अन्तरिक्ष स्टेसनलाई सञ्चालनमा ल्याउनुपूर्व चीनले प्रविधिलाई यथेष्ट परीक्षण गर्नुपर्ने समाचारमा जनाइएको छ । योजनाबद्ध राखिने स्टेसनमा परीक्षण अनिवार्य भएको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पका प्रबन्धक सिउ डाजहीले बताए ।स्टेसनको प्राविधिक परीक्षणका लागि चीनले ‘तियाङगोङ २’ नाम गरेको अन्तरिक्ष प्रयोगशालाको सुरुआत गर्नुपर्नेछ । एउटा कार्गो सटल र मानिस बोकेका केही अन्तरिक्ष जहाज टियाङगोङ २ मा लन्च हुनेछ, सिउले खुलासा गरे । चीन सन् २००३ मा आङ्खनै प्रविधिकाले अन्तरक्षिमा मानव पुर्‍याउने तेस्रो मुलुक बनेको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]