अहिलेसम्मको सबैभन्दा पातलो र हलुका ‘आइप्याड एयर’

काठमाडौं,६ कात्तिक। एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो र हल्का संस्करण आइप्याड एयर बजारमा ल्याएको छ । एप्पलको यो फुल साइज ट्याबलेट्सको श्रेणीमा सबैभन्दा हलुका डिभाइस हो ।करिव साडे ९ इन्च (९.७ इन्च)को यो ट्याबलेट ०.३ इन्च मोटो छ र उसको तौल ०.४५ किलोग्राम छ । आइप्याड एयरमा ए ७ चिप लगाइएको छ, जुन आइफोन ५ एसमा प्रयोग भएको थियो ।
अमेरिकी बजारमा आइप्याड एयरको मूल्य ४९९ डलरबाट सुरु हुन्छ । यो १ नोभेम्बरबाट अमेरिकी बजारमा उपलब्ध हुनेछ । त्यसपछि अन्य देशमा जानेछ ।
एप्पलले सात इन्चको ट्याबलेट आइप्याड मिनीको नयाँ संस्करण पनि ल्याएको छ । जसमा रेटिना डिसप्ले दिइएको छ । ७.९ इन्चको आइप्याड मिनीको डिसप्ले रिजोलुसन बढाएर २०४८ १५३६ पिक्सेल गरिएको छ । जसलाई रेटिना डिसप्ले भनिन्छ । यसको मूल्य ३९९ डलर पर्छ । आइप्याड मिनी नोभेम्बरको अन्त्यसममा अमेरिकी बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।समारोहमा एप्पलले यो पनि घोषणा गरेको द्ध कि म्याक अपरेटिङ सिस्टमको नयाँ भर्सनको अपग्रेड ती प्रयोगकर्ताहरुलाई नि ः शुल्क उपलब्ध गराइनेछ । एप्पलले नयाँ ल्यापटप समेत लन्च गरेको छ । – एजेन्सी