रेल्वे विस्तारको काम यसै महिनावाट

२०७० पुष ४ गते, बिहीबार


काठमाडौं, ४ पुस । नेपाल रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे सेवालाई विस्तार गर्ने योजना अन्र्तगत एक महिनाभित्रै काम सुरु गरिने जनाएको छ ।रेल्वे विस्तारका लागि भारतीय ठेकेदारमार्फत सम्पूर्ण प्रक्रिया सुरु भइसकेकाले रेल्वे कम्पनीले जानकारी दिएको छ ।रेल्वे विस्तारका लागि आवश्यक पर्ने सामानहरु नेपाल भित्र्याउन अर्थ मन्त्रालयले यस अघिनै स्वीकृति दिइसकेको छ ।नेपालको एक मात्र रेल्वे अत्यन्त जीर्ण अवस्थामा रहेको र पटकपटक बन्द हुने गरेकोले उपभोक्तालाई समस्डा पर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]