विश्व रेडियो दिवस मनाइदै
काठमाडौं ,१ फागुन। आज विश्व रेडियो दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।हरेक वर्ष फेब्रुअरी १३ मा मनाइने यस दिवसको अवसरमा रेडियोलाई सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम बनाउने विषयमा विभिन्न रेडियो स्टेसनहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालका ७४ जिल्लामा रेडियोका स्टेसन छन् भने ७५ वटै जिल्लामा रेडियोको प्रसारण सुनिन्छ ।सन् २०११ को नोभेम्बरमा भएको युनेस्कोको ३६ औं सम्मेलनले प्रत्येक वर्ष फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउन घोषणा गरेपछि नियमति रुपमा यो दिवस मनाइदै छ ।