क्यान इन्फोटेक फागुन ७ देखि
काठमाडौँ । सूचना प्रविधि मेलाको पाँचौँ संस्करण फागुन ७ देखि पोखरामा हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान) कास्कीको आयोजनाा हुन लागेको मेला फागुन ७ देखि ११ सम्म पोखरा पर््रदर्शनी केन्द्रमा चल्नेछ । क्यान कास्की अध्यक्ष चण्डीप्रसाद अर्यालका अनुसार सूचना प्रविधिसम्बन्धी जानकारी दिलाउन र यस क्षेत्रमा भित्रिएका नयाँ प्रविधि बिस्तारका लागि मेला आयोजना गरिएको हो । युवापुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अभ्यस्त बनाउन पनि मेलाले सघाउने उनले बताए । मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, क्विज कन्टेस्ट, निःशुल्क कम्प्युटर मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनीलगायत गतिविधि गरिने उनले बताए । ‘मुख्य रुपमा युवापुस्तालाई लक्षित गर्दै हामीले मेला आयोजना गरेका हौँ,’ उनले भने, ‘सूचना प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रयोगलाई पनि यसले उजागर गर्नेछ । नयाँ प्रविधिसँगै भित्रिएका सामानको खरिदबिक्रीको अवसर पनि मेलाले दिनेछ ।’ स्कुल र कजेलस्तरका विद्यार्थीका लागि यस्तो मेला बढी उपयुक्त हुने आयोजकको भनाइ छ । मेलामा सूचना प्रविधिसम्बन्धी जानकारी दिने स्टल रहने छन् ।