अब फेसबुकमा च्याट गर्न नपाइने

२०७१ श्रावण १५ गते, बिहीबार


काठमाडौं ।सामाजिक सञ्जाल फेसबुकमा च्याट अर्थात् गफगाफ गर्न नपाइने भएको छ ।सञ्जालले आफ्नो ‘मेसेन्जर एप्स’को प्रयोगकर्ता बढाउन फेसबुक पेजमा च्याट गर्ने सुविधा कटौती गरेको हो ।यरोपमा लागू भैसकेको यस्तो प्रावधान चाँडै नै संसारभर लाग्ने फेसबुकले जनाएको छ ।
केही समयपछि फेसबुकबाट म्यासेज पठाउन र प्राप्त गर्न मेसेन्जर एप्स डाउनलोड गर्नुपर्ने सूचना संसारभरका अरबाै प्रयोगकर्ताहरुलाई पठाउने तयारी भैरहेको फेसबुकले बताएको छ । साथै यसबाट प्रयोगकर्ताहरुलाई गफगाफ गर्न पहिले भन्दा सहज हुने विश्वास लिएको छ ।
हाल मेसेन्जर एप्स २० करोडले प्रयोग गरिरहेको पनि फेसबुकले तथ्याङ्क सार्वजनिक गरेको छ ।च्याट गर्नका लागि अब मोबाइलमा फेसबुक र मेसेन्जर दुबै एप्स डाउनलोड गर्ने झन्झट थपिएको छ ।फेसबुकले प्रयोगकर्तामाथि थोपरेको झन्झटको हानी – नोक्सानीको हिसाबकिताब भविष्यले देखाउनेछ ।

प्रतिक्रियाहरु

[anycomment]