आइजिपीविरुद्द फेसबुकमा लेख्दा डिएसपी निलम्बित
काठमाडौ । सशस्त्र प्रहरी बलका डिएसपी नानीराम हुमागाईंलाइ आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हमागाईंले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानविन थालेको छ ।