सुबिसु क्यान इन्फोटेक सम्पन्न

२०७१ माघ २० गते, मंगलवार

काठमाडौँ,२० माघ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक हिजो सम्पन्न भएको छ ।
इन्फोटेकको छ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ ।प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र यस पटकको इन्फोटेक विगतको भन्दा विशेष आकर्षण र उल्लासमय बनेको क्यानका महासचिव अमृत पन्तले बताए ।
यसैबीच आइतबारदेखि राजधानीमा सुरु भएको सूचना प्रविधिसम्बन्धी दुई दिने आइसिटी सम्मेलनपनि हिजै सम्पन्न भएको छ ।‘विकासका लागि सूचना प्रविधि र सामाजिक रूपान्तरण’ भन्ने नारासहित कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको आयोजनामा सञ्चालन भएको १५ औँ सम्मेलनमा भारतका सूचना प्रविधिविज्ञ अहमदाबादका प्राडा सुभाष भट्नाकर प्रमुख वक्ताको रुपमा रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]