आयो है डिजिटल पानीट्याङ्की
काठमाडौँ ।मोरङको टंकिसिनबारीमा सञ्चालित जानकी पोलिटेक उद्योगले डिजिटल प्रविधिबाट थर्मल फाउन्टेन पानीट्याङ्की उत्पादन सुरु गरेको छ । नेपालमा पहिलोपटक जर्मनी टेक्नोलोजिबाट उत्पादन सुरु गरेको सो उद्योगबाट उत्पादित पानीट्याङ्कीमा घन्टौँसम्म पानीको तापक्रम नियन्त्रणमा रहने र ट्याङ्की टिकाउ,चुहावटरहित र पाँच वर्षसम्म रङ्ग नजाने बताइएको छ । उक्त उद्योगबाट प्रतिदिन पाँच सय तीन हजार लिटर पानी राख्न मिल्ने विभिन्न साइजका ट्याङ्की उत्पादन भइरहेको सञ्चालक लक्ष्मी चौधरीले बताइन् ।साथै उद्योगले प्लास्टिक जार,प्लास्टिक बकेट र प्लास्टिक पानी ट्याङ्कीको बिर्को पनि शनिबारदेखि उत्पादन सुरु गरेको उद्योग सञ्चालक चौधरीले बताए । उक्त सामग्री विगतमा भारतबाट आयात भई नेपालमा बिक्री वितरण हुँदै आएको थियो ।
गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर प्रमाण चिह्न ९एन एस० प्रक्रियामा समेत रहेको सो उद्योगको उत्पादित ट्याङ्की सामग्रीमा शतप्रतिशत एलएलडिपिइ कच्चा पदार्थ र नयाँ आधुनिक कम्प्युटर प्रविधिको प्रयोग गरिएको सञ्चालक चौधरीले बताइन् ।