पासवर्ड विना नै खुल्न सक्छ फेसबुक

२०७१ फाल्गुन २४ गते, आईतवार

काठमाडौँ । के तपाईंलाई थाहा छ तपाईंको फेसबुक अकाउण्ट चलाउनका लागि कतिपय ब्यक्तिलाई पासवर्ड ज?रत नै पर्दैन । थाहा छैन भनेपनि यो सत्य हो । फेसबुकले आफ्ना कतिपय कर्मचारीलाई फेसबुक प्रयोगकर्ताहरूको अकाउण्ट खोल्न पासवर्ड नै आवश्यक नपर्ने अधिकार दिएको छ । प्रविधीसँग सम्बन्धित रिपोर्ट प्रकाशित गर्ने भेन्टरबीटु नामक वेवसाइटका अनुसार फेसबुकले हालै मात्र आफ्ना कतिपय कर्चारीलाई प्रयोगकर्ताहरूको फेसबुक अकाउण्ट पासवर्डविना नै खोल्न सक्ने सुविधा दिएको स्वीकार गरेको हो ।
यद्यपी कुनै पनि प्रयोगकर्ताको सहयोगका लागि मात्र यस्तो गर्न सक्ने तर कुनै दुरूपयोग भएमा कारवाहीको समेत ब्यवस्था रहेको फेसबुकले स्पष्ट पारेको छ । यो नियमको उल्लङ्घन गर्ने जुनसुकै कर्मचारीलाई तत्काल फेसबुकबाट निश्कासन गरिने समेत फेसबुकले जनाएको छ । फेसबुकले आफ्ना उपल्लोतहका कर्मचारीलाई प्रयोगकर्ताको फेसबुक खोल्ने अधिकार दिएको तर यस्तो अधिकार केवल निर्धारित काम गर्नका लागि मात्र दिइने वेवसाइटले जनाएको छ ।
यसैबीच, बिश्वको नम्बर एक सोसल मिडिया फेसबुकले झण्डै एक सय मुलुकका गरिव जनतालाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरिरहेको छ ।
फेसबुकको अगुवाईमा सु? भइरहेको इन्टरनेट डट ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र एक सय वटा मुलुकका जनतालाई सित्तैमा मोबाइल इन्टरनेट उपलब्ध गराउने तयारी भइरहेको फेसबुकले जनाएको छ । हालै संचारकर्मीसँग कुरा गर्दै इन्टरनेट डट ओआरजीका उपाध्यक्ष क्रिस ड्यानियल्सले अभियान निकै आक्रामक तरिकाले अगाडी बढ्न लागेको जानकारी दिए । ‘यो महत्वकांक्षी योजना यो बर्ष तिब्र रूपमा विस्तार हुनेछ, बर्षको अन्त्यसम्म कम्तीमा एक सय मुलुकमा यस्तो सेवा सु? गर्ने र्छाै’ ड्यानियलले भने ।
हाल फेसबुकले परिक्षणका रूपमा भारत, जाम्बिया, तान्जानिया, केन्या, घाना र कोलम्बियामा त्यहाँका मोबाइल सेवा प्रदायकहरूसँग मिलेर इन्टरनेटसँग नजोडिएका जनतालाई सित्तैमा इन्टरनेट बाँडिरहेको छ । यो परिक्षणबाट उत्साहित फेसबुकले सन् २०१५ को अन्त्यसम्ममा करिव एक सय मुलुकमा यो सेवा बिस्तार गर्ने तयारी गरिरहेको ड्यानिलले जानकारी दिए । यी ६ वटा मुलुकमा फेसबुकले मोबाइल सेवा प्रदायसँग मिलेर करिव ७० लाख मानिसलाई सित्तैमा इन्टरनेट दिइरहेको छ । जसमार्फत् प्रयोगकर्ताहरूले फेसबुकसहित स्वास्थ्य, रोजगारी, स्थानीय सूचना लागयतका निश्चित एप बिना पैसा चलाउन सक्छन् । यसले फेसबुकका प्रयोगकर्ता त बढाएको छ नै ग्रामिण भेगका गरिव जनताले इन्टरनेटसँग जोडिएर धेरै सुबिधा पाएका छन् । यस्तो सुबिधाका कारण मोबाइल सेवा प्रदायकको समेत ब्यापार बढेको छ, डाटा प्रयोगकर्ताको संख्या ह्वात्तै बृद्धि भएको छ ।
सन् २०१३ मा फेसबुकको अगुवाईमा सु? भएको यो अभियानले बिकाशोन्मुख मुलुकका इन्टरनेट पहुँचमा नभएका नयाँ प्रयोगकर्तालाई सित्तैमा इन्टरनेट दिन्छ । मोबाइल सेवा प्रदायकसँगको सहकार्यमा विकिपेडिया, फेसबुक, केही स्वास्थ्य र उपयोगी सूचना सम्बन्धी एप्स खोल्दा पैसा नलाग्ने बनाइएको छ ।
ड्यानियलका अनुसार बजारको आकार भन्दा पनि इन्टरनेटसँग नजोडिएका बहुसंख्यक जनतासम्म पुग्ने गरी देशहरूको छनौट गरिएको छ । यस्तो अभियान ती देशमा सु? हुने र त्यसले सफलता पाउने कुरा ती देशका मोबाइल सेवा प्रदायकको अग्रसरतामा पनि भर गर्ने उनले बताए । यसै हप्ता बार्सिलोनामा आयोजित मोबाइल वल्र्ड कंग्रेसमा सहभागी हुन पुगेका फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरवर्गले इन्टरनेटसँग नजोडिएका बिश्वका दुईतिहाई जनसंख्यासम्म पुग्नका लागि अन्य अभियान पनि संचालन गर्न लागिएको बताएका थिए । यसका लागि ड्रोन र स्याटेलाइटमा समेत लगानी गर्न लागिएको उनले जानकारी दिए ।
फेसबुकका अनुसार बिश्वका अफलाइन जनतामध्ये करिव ९० प्रतिशत बिकाशोन्मुख मुलुकमा बसोबास गर्छन् । झण्डै ६ अर्ब जनसंख्यामध्ये करिव साढे ४ अर्बसँग अझै पनि इन्टरनेट पहुँच पुग्न नसकेको फेसबुकले जनाएको छ । बिकाशोन्मुख मुलुकका नयाँ ग्राहकलाई इन्टरनेटसम्म आर्कषित गर्ने तयारीमा गुगल पनि लागिरहेको छ । उसले पनि यस्तै खाले अभियानमार्फत् बिकाशोन्मुख मुलुकका पहिलोपटक स्र्माटफोन प्रयोग गर्नेहरूलाई लक्षित गरिरहेको छ । गुगलले हालै उत्पादन गरेको एन्ड्रोइड वान स्मार्टफोनको बजार विस्तारका लागि गुगलले यस्तो अभियान सु? गर्दै छ । नेपालमा निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक एनसेलले विकिपेडिया, ट्वीटर लगायतका केही साइट सित्तैमा खोल्न सकिने सेवा सु? गरेको छ । फेसबुकका लागि सस्तो मूल्यको प्याकेज उपलब्ध भए पनि अहिलेसम्म सित्तैमा प्रयोग गर्न पाउने सुबिधा भने छैन् । इन्टरनेट डट ओरजीका उपाध्यक्ष ड्यानियलको भनाईलाई मान्ने हो सन् २०१५ को अन्त्यसम्ममा नेपालमा पनि सित्तैमा फेसबुक चलाउने सुबिधा सु? हुन सक्छ । उनले भनेझैं यस्तो सुबिधा कहिले सु? हुने भन्ने कुरा एनसेल लगायत यहाँका टेलिफोन सेवा प्रदायकको अग्रसरतामा निर्भर रहने छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]