आज पश्चिम नेपालमा भारी बर्षा हुने
काठमाडौ, २० असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज नेपालको पश्चिम क्षेत्रमा भारी बर्षा हुने सम्भावना रहेको बताएको छ । पश्चिमको तुलनामा काठमाडौंसहित मध्ये र पूर्वमा भने कम वर्षा हुने महाशाखाको अनुमान छ ।
न्युनचापीय क्षेत्रको विकाससँगै मनसुन सक्रिय भएपछि पश्चिममा भारी वर्षा हुने महाशाखाले हिजो विशेष बुलेटिन निकालेर जनाएको छ । पूर्वी क्षेत्रमा भने रातिदेखि नै वर्षा सुरु भएको छ । विभिन्न स्थानमा पहिरो र नदीमा पानीको मात्रा बढ्न गई बाढीको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अपिल गरेको छ ।