टेलिकमको एनटी फाइवर सेवा सुरु
काठमाण्डौ,२० साउन । नेपाल टेलिकमले पोखरामा ‘अप्टिकल फाइवर’ मार्फत घरघरमा इन्टरनेट सेवा (फाइवर टु दी होम) दिन थालेको छ। चारमहिना अघि नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि गत सातादेखि पोखरामा बिस्तार गरिएको हो। टेलिकमले यो प्रविधिलाई ‘एनटी फाइवर’ नाम दिएको छ।तिब्रगतिमा इन्टरनेट चलाउने प्रयोगकर्तालाई लक्षित गरि पोखरामा सेवा बिस्तार गरेको टेलिकम पोखराका प्रमुख अनन्तमान सिंहले जानकारि दिए। उनका अनुसार गत साताबाट पोखरामा बिस्तार गरिएको यो प्रविधि केहि कर्पाेरेट हाउसले प्रयोग गर्न थालिसकेका छन्। नेपालमा यो नै सबैभन्दा उच्चगतिको इन्टरनेट सेवा भएको उनले बताए। उच्च ‘ब्याण्डविथ’, भरपर्दाे, गुणस्तरीय सेवा र सुरक्षित नेटवर्कका लागि फाइवर टु दी होम (एफटिटिएच) बिस्तार गरेको उनले बताए। ‘टेलिमकले नयाँपुस्ताका प्रयोगकर्तालाई ल्याएको भरपर्दाे प्रविधि हो। तिब्रगतिमा इन्टरनेट चलाउने ग्राहकलाई यसमार्फत सेवा दिन सकिन्छ’ उनले भने, ‘पूर्ण क्षमतामा चलाउन सकिन्छ। अन्य प्रविधिमा क्षमता अनुसार नचल्न पनि सक्थ्यो। तर एफटिटिएच पूर्ण क्षमतामा चल्छ। फाइवरमार्फत घरमा पुग्ने भएकोले गतिमा ह्रास आउँदैन।’ फाइवरमार्फत घरसम्म इन्टरनेट पुर्यािउने हुँदा लामो दुरी हुँदैमा फरक नपर्ने उनले बताए। ‘यसअघिका प्रविधिमा कपरयुक्त तारमार्फत मार्फत कम्प्युटरसम्म नेटवर्क पुर्यामइन्थ्यो। तर, यो प्रविधिमा फाइवरमार्फत नेटवर्क पठाइन्छ।’ नेपालमा पछिल्लो पटक भित्रिएको यो प्रविधि तिब्रगतिमा इन्टरनेट चलाउने कर्पाेेरेट हाउस, होटल, रेस्टुरेन्ट, कलेज, हस्पिटल, उद्योग कलकारखाना लक्षित गरि बिस्तार गरेको उनले बताए। पोखराका महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, सिर्जनाचोक, पृथ्वीचोक क्षेत्रमा यो प्रविधि बिस्तार भईसकेको छ। केहिदिनभित्र पर्यटकीय क्षेत्र लेकसाइडमा बिस्तार हुने उनले बताए। प्याकेज लिएका ग्राहकले एक वा बढि कम्प्युटरमा इन्टरनेट चलाउन सक्ने उनले बताए।