आज साझ भारी वर्षाको संभावना

२०७२ श्रावण २१ गते, बिहीबार

काठमाडौं, २१ साउन । जल तथा मौसम पुर्वानुमान महाशाखालले पूर्व र पश्चिमका एक दुई ठाउँमा आज बेलुकीपख भारी वर्षाको हुने र अरु ठाउँमा भने सामान्यता बदलीको संभावना रहेकोे जनाएको छ ।
न्यूनचापीय रेखा माथि गएको, बंगाल र अरेबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल आएको तथा स्थानिय वायुको प्रभावका कारण दिउँसो पूर्व र मध्यका केहि ठाउँमा पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताए । उनका अनुसार भोलि बेलुकादेखि कम बदली हुने अनुमान छ । भोलि र पर्सि बेलुकीपख पानी पर्ने र त्यसपछि फेरि अलि बढी बदली हुने संभावना रहेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]