गुगलले लोगो फेर्यो

२०७२ भाद्र १६ गते, बुधबार

काठमाडौं,१६ भदौ । गुगलले आफ्नो पुरानो लोगो फेरेर नयाँ लोगो जारी गरेको छ । नयाँ लोगो पुरानो जस्तै रंगिन भएपनि अक्षरको बनावट भने फरक छ । अहिले डेक्सटप भन्दा मोबाइलमा गुगल चलाउने बढेकाले लोगोमा परिवर्तन गर्न आवश्यक भएको गुगलले जनाएको छ ।
गुगलले आफ्नो आधिकारिक ब्लगमा लोगोमा हुने परिवर्तनका बारेमा घोषणा गर्दै नयाँ लोगो व्यवस्थित, सरल र प्रयोगकर्तामैत्री रहेको र यसले गुगलकोे राम्रो प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ । यो परिवर्तनसँगै गुगलको स्वामित्व एल्फाबेट कम्पनीलाई गएको छ । गुगलले नयाँ लोगो विभिन्न आकारका स्क्रिनका लागि सुहाउँदो रहेको जनाएको छ । नयाँ लोगोमा निलो, रातो, पहेँलो र हरियो गरी चारवटा रंग र कम्पनीको नामको पहिलो अक्षर G बहुरंगी हुनेछ । गुगलले धेरै पटक आफ्नो लोगोमा परिवर्तन गरिसकेको छ । अन्तिमपटक सन् २०१३ को सेप्टेम्बरमा गुगलले आफ्नो लोगो अपडेट गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]