क्रिकेट संघको निर्बाचन रोक : राखेप

२०७२ कार्तिक १६ गते, सोमबार

काठमाडौं, १६ कार्तिक । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेट संघ क्यानको आसन्न चुनाव रोक्न निर्देशन दिएको छ । क्यानले गत कात्तिक ११ गते निर्वाचनको लागि स्विकृती माग्दै खेलकुद परिषद्लाई पठाएको पत्रको हिजो लिखित जवाफ पठाउँदै परिषद्ले निर्वाचन रोक्न निर्देशन दिएको हो । क्यानको चुनावी साधारणसभा आगामी शुक्रबारदेखि भैरहवाका हुने तय गरिएको थियो । यसका लागि तयारी स्वरुप क्यानले जिल्ला तथा क्षेत्रीय निकायलाई निर्वाचन गर्न निर्देशन दिएको थियो । गत असार पहिलो साता काठमाडौंमा भएको साधारणसभाले भैरहवाका कात्र्तिक २० र २१ गते विधान संसोधन एवम् नेतृत्व चयनका लागि साधारणसभा गर्ने निर्णय गरेको थियो । क्यानले निर्वाचनको लागि विधानले व्यवस्था गरे अनुसारको प्रक्रिया नपुर्‍याएकाले निर्वाचन रोक्न निर्देशन दिनुपरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । परिषद्ले निर्वाचन रोक्नुपर्ने विभिन्न ५ कारणहरु पेश गरेको छ ।
राखेपले अघिल्लो महिना मात्रै क्यानमा देखिएको संकटलाई आधार बनाँउदै १५ वुँदे स्पष्टीकरण सोधेको थियो । क्यानका मुख्य पदाधिकारीहरु आर्थिक अनियमितता र अपारदर्शीताको आरोपमा अख्तियारको छानबिनमा तानिएपछि लामो समयदेखि नेपाली क्रिकेट संकटग्रस्त अवस्थामा छ ।

प्रतिक्रियाहरु

[anycomment]