एकपटक चार्ज गरेपछि १५ दिन टिक्ने स्मार्टफोन !

२०७२ पुष ४ गते, शनिबार

काठमाडौँ । चिनियाँ कम्पनी उकिटेलले यस्तो स्मार्टफोन बनाएको छ, जसलाई एकपटक चार्ज गरेपछि मज्जाले चलाउँदा पनि १५ दिनसम्म चार्ज टिक्दछ । के १०००० नामको उक्त एन्ड्रोइड स्मार्टफोनको ब्याट्री आइफोन सिक्स एसको भन्दा १० गुणा ठूलो छ र सामान्य प्रयोगमा १० देखि १५ दिनसम्म खप्दछ । ब्याट्रीका अलावा यो सेटमा अन्य सामान्य सेटमा जस्तै एन्ड्रोइड ५.१ ललिपप अपरेटिंग सिस्टमको प्रयोग गरिएको छ । ५.५ इन्चको स्क्रिन रहेको यसको रिजोलुसन ७२० पिक्सेल रहेको छ भने यसमा १ गिगाहर्जको क्वाडकोर प्रोसेसर, २ गिगाबाइट ¥याम तथा १६ गिगाबाइटको इन्टर्नल स्टोरेज रहेको छ । जसलाई माइक्रो एसडी कार्डबाट बढाउन सकिन्छ । यो स्मार्टफोनमा दुइवटा सिमकार्ड प्रयोग गर्न सकिन्छ भने सबै एपहरूलाई स्क्रिनमै लिस्टिंग गर्न सकिने भएकाले दोश्रो मेनुको आवश्यकता पनि पर्दैन । एलइडी फ्लास सहितको ८ मेगापिक्सेलको मुख्य क्यामरा तथा २ मेगापिक्सेलको फन्ट क्यामरा यसमा रहेको छ । यसको ब्याट्रीलाई पूरा चार्ज हुन साढे ३ घण्टा लाग्दछ । यसको मूल्य २३९.९९ डलर तोकिएको छ र अर्को महिनादेखि बजारमा पठाइने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]