टेलिकमको ब्यालेन्स ट्रान्सफर सेवा सुचारु

२०७२ पुष १० गते, शुक्रबार

काठमाडौं, १० पुस । नेपाल टेलिकमले ‘ब्यालेन्स ट्रान्सफर’ सेवा पुनः संचालनमा ल्याएको छ । नेपाल टेलिकमले हाल परिमार्जन सहित ब्यालेन्स ट्रान्सफर गर्ने नयाँ सिस्टम ल्याएको टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए। उनका अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पठाइने रकमको मात्रालाई पैसामा बदल्नु पर्दैन। जस्तै पहिले १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्न १००० पैसा लख्नुपर्थ्यो भने अब १० रुपैयाँका लागि १० नै लेखे हुन्छ।
नयाँ सिस्टममा एक पटकमा १० रुपैयाँदेखि १०० रुपैयाँसम्म मात्र ब्यालेन्स पठाउन सकिन्छ। त्यस्तै कुनै एक नम्बरबाट ब्यालेन्स पठाउँदा दिनको पाँच पटक मात्र व्यालेन्स पठाउन सकिने अधिकारीले जानकारी दिए।
ब्यालेन्स ट्रान्सफरका लागि *422*security code no*phone no* Rs# गर्ने (पठाउन चाहेकाे रकम रुपैयाँमै लेख्ने)। अाफ्नो सेक्युरिटी कोड थाहापाउन scode लेखेर 1400 मा पठाउन सकिनेछ। यो सेवा जीएसएम प्रिपेड ग्राहकहरुका लागि उपलब्ध गराइएको तर यसबाट सीडीएमए प्रीपेड तथा पोस्टपेडमा पनि व्यालेन्स पठाउन सकिने सह प्रबक्ता अधिकारीले जानकारी दिए।
ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै अत्यावश्कीय अवस्थामा व्यालेन्स ट्रान्सफर गर्न सकियोस् भनेर टेलिकमले यो सेवा पुनः सुरु गरेको अधिकारीले बताए। यो व्यवस्था अर्को सुचना जारी नहुन्जेल लागू हुने पनि टेलिकमले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]