लोडसेडिङले इन्टरनेट वितरण प्रणालीमा गम्भीर समस्या : पराजुली

काठमाडौं, १३ पुस । इन्टरनेट सेवा प्रदायकहरुले लोडसेडिङ भएका बेला आफ्नो सेवा दिन नसकिने बताएका छन् । । विद्युत प्राधिकरणले लोडसेडिङ बढाउन थालेको र इन्धन आपूर्ति पनि सहज नभएपछि सेवा प्रदायकहरुले लोडसेडिङका बेला इन्टरनेट दिन छाडेका हुन् । सेवा प्रदायकहरुले लोडसेडिङ र इन्धन समस्याका कारण इन्टरनेट सेवाका लागि विभिन्न स्थानमा आफ्ना ‘हब’ हरु सुचारु राख्ने नसक्ने भएपछी यस्तो अप्रिय कदम चाल्नु परेको बताएका छन ।
पहिले लोडसेडिङ हुँदा पनि सेवा प्रदायकहरुले इन्धनबाट जेनेरेटर चलाएर इन्टरनेट ग्राहकको घरसम्म र्पुयाउँथे । तर अहिले इन्धन पाउन छाडेपछि त्यो विकल्प पनि छुटेको हो । नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपिएएन) ले २४सै घण्टा अत्यावश्यक मानिएको सञ्चारको अत्यावश्यक साधन इन्टरनेट वितरण प्रणालीमा केही समयदेखि गम्भीर समस्या आएको जनाएको छ ।
‘पछिल्लो समय सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवाबाट हटाएपछि यो समस्या आएको हो’ सुविसु केबलनेटका प्रमुख सुधिर पराजुलीले भने, ‘इन्धन वितरण प्रक्रियामा कोटा प्रणाली हुँदा लाइनमा बसेर भए पनि ल्याएर जेनेरेटर चलाउँथ्यौं र सेवा दिन सकिएको थियो । तर अहिले कोटा हट्यो, सरकारले कालोबजारीबाट किनेर चलाउन प्रोत्साहित गरिरहेको छ । तर त्यहाँको महँगो मूल्य तिरेर ल्याउने क्षमता हाम्रो पुग्दैन ।’ उनले विकल्प नभएपछि लोडसेडिङका समयमा इन्टरनेट दिन बन्द गर्नु परेको बताए । पछिल्लो समय विद्युत प्राधिकरणका ट्रान्सफर्मरहरु ठाउँठाउँमा पड्किएर कयौं घन्टा नै विजुली आउन बन्द भएकाले पनि सेवा दिन कठिन भएको उनले जानकारी दिए ।
‘इन्टरनेट सेवा उपलब्ध गराउन टावरमा व्याकअपको कमी छ, प्राधिकरणले आफैले तोकेका बेला पनि बिजुली दिँदैन,’ क्लासिक टेकका प्रविन श्रेष्ठले भने, ‘यसले समस्या भएको छ ।’ उनले इन्टरनेट अत्यावश्यक सेवाभित्र परेपनि सरकारले इन्धन नदिँदा सेवा दिन नसकिएको बताए । ‘नेपाल सरकारको सम्बधित निकायवाट इन्टरनेटलाई अति आवश्यक संचार सेवा अन्र्तगत परिभाषित गरि इन्धन उपलव्ध गराउन माग गर्दछौ’ आइएसपिएएनले विज्ञप्ति नै जारी गरेर सरकारको ध्यानाकर्षण गराएको छ ।
आइएसपिएएनले जारी गरेको विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ : –