‘ केही दिन चिसो अलि बढ्न सक्छ ‘

२०७२ पुष २६ गते, आईतवार

काठमाडौ, २६ पुस । मौसम पूर्वानुमान महाशाखाले केही दिन चिसो अलि बढ्ने सक्ने जनाएको छ । आज बिहानको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७ देखि १९ सम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको एक दुईदिन केही उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हल्का वर्षा भए पनि अन्यत्र भने वर्षा हुने संभावना नरहेको मौसमविद् राज प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार तापक्रम पनि केही दिनसम्म घट्दै जाने भएकाले केही चिसो बढ्नेछ । हिजो केही जिल्लामा हिमपात पनि भएको थियो । महाशाखाको वेभसाइट www.mfd.gov.np का अनुसार अहिले सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५ डिग्री सेल्सियस छ भने विराटनगरमा अहिले ११ डिग्री रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]