सबैभन्दा नराम्रो गन्ध आउने पफ्र्युम बनाएर करोडपति
काठमाडौंँ । युरोप निवासी एलन व्हाइटम्यान र एन्ड्रयु मास्टर्सले यस्तो परफ्युम तयार गरे, जसको गन्ध जसलार्ई पनि अत्यन्तै नराम्रो लाग्थ्यो । तर, त्यही परफ्युकको बिक्री यति धेरै हुन्छ कि उक्त परफ्युम बनाउने एलन र एन्ड्रयु त्यसको कमाईबाट करोडपति बनेका छन् । एलन र एन्ड्रयुको जोडीलार्ई पढाईलार्ई सधैँ एउटा खेल मात्र सम्झे । त्यसैको माध्यमबाट उनीहरुले एउटा यस्तो परफ्युम आविस्कार गरे जुको गन्ध यस्तो आउँछ कि कुनै ग्यास सिलिन्डर नै फुटेको होस् । परफ्युमको गन्ध यति तिब्रा छ कि तीस फुट परेरसम्म यस्को गन्ध महसुस गर्न सकिन्छ । मानिसहरु यी दुई जनाले बनाएको परफ्युम एकअर्कालार्ई सताउनका लागि किन्ने गर्दछन् । व्हाइटम्यानलार्ई यस्तो परफ्युम बनाउने विचार त्यतिबेला आयो जब बाल्यकालमा उनका पिताले उनलार्ई एउटा केमेस्ट्री किट ल्याएर दिएका थिए । व्हाइटम्यानले उक्त किटलार्ई खेलौना जसरी प्रयोग गरे र त्यसबाट फरकफरक गन्ध आउने वस्तु बनाउन लागे । पछि व्हाइटम्यानले एउटा ट्रक मेनिफ्याक्चरिङ कम्पनीमा पनि काम गरे । तर, त्यहाँबाट हटाइएपछि उनले आफ्नो सबै समय आफ्नो साथी एन्ड्रयुका साथ गन्ध फैलाउने परफ्युम बनाउनमा लगाए । – एजेन्सी