सुबिसु क्यान इन्फोटेक माघ १४ देखि

काठमाडौ । सुबिसु क्यान इन्फोटेक आगामी माघ १४ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले क्यान इन्फोटेकको २२औं संस्करण सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे हुन् लागेको जानकारी दिएको हो । क्यानले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष इन्फोटेक गर्दै आएको छ । यस संस्करणको इन्फोटेकमा मुख्य प्रदर्शनी हलभित्र ४९ ओटा र हलबाहिर ३ ओटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ५ गरी जम्मा १ सय ७५ स्टलहरु रहने छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशन्स्, आइसिटी कलेज, तथा ट्रेनिङ्ग इन्ष्टिच्युटस्, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका रहेका छन् ।
हालसम्म मुख्य प्रदर्शनी हलभित्र शतप्रतिशत स्टल बुकिङ्ग भइसकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टल बुकिङ्ग भई सकेको जानकारी महासंघका महासचिव विश्वराम बलामीले दिए ।
यस संस्करणको इन्फोटेकको टाइटल स्पोन्सरमा पनि सुबिसु केबल नेट रहेको छ भने एशोसिएट स्पोन्सरमा हुवावे रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– भायनेट, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सर– कर्लस, सिल्भर स्पोन्सरहरु– स्टार अफिस ईन्टरनेशनल, नेटिस र एस पावर रहेका छन् ।
गत वर्षको क्यान इन्फोटेकमा ३,३१,००१ जना अवलोकनकर्ता रहेकोमा यसपटक ४ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा आयोजकको छ । मेलाका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । माघ १७ गते आइतबारको दिनलाई बिजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताहरुको लागि रु १०० तोकिएको छ । उक्त दिन विषेश गरी बिजनेश हाउसेसहरुले आफ्नो ब्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नुहुनेछ ।
यसपटकको प्रदर्शनीमा विशेष गरी इन्टरनेट सेवाप्रदायक कम्पनीहरुबाट विशेष छुटसहितको प्याकेज तथा हाइ स्पिड इन्टरनेट उपलब्ध गराइनेछ भने टेलिफोन तथा मोबाइल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउँदैछ । कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याब्लेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ भने “सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे” को लाइभ भिडियो प्रशासरण www.can.org.np मा वा www.caninfotech.org.np मा लगअन गरी हेर्न सकिने व्यवस्था मिलाइएको छ । उक्त कार्य स्टर नेट प्रालीसँगको सहकार्यबाट गरिएको हो ।
“सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे” अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आमजनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे” मा अनलाइन टिकट खरिदको अग्रीम रुपमा व्यवस्था मिलाइनेछ भने अनलाइन टिकट खरिदमा २० प्रतिशत छुट समेत प्रदान गरिने छ ।
यसैगरी , सोहो समयमा सुबिसु क्यान आइसिटी कन्फेरेन्स २०१६ पनि हुने भएको छ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका लागि सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई.सी.टी कन्फेरेन्स यस वर्ष २०७२ माघ १८ र १९ मा होटल याक एण्ड यति, दरबारमार्गमा हुनेछ । “Cyber Security: Challenges and Solutions for Developing Economies” विषयमा दुई दिने १६औं अन्तराष्ट्रिय ICT Conference आयोजना हुनेछ । सो सम्मेलन क्यान महासंघ र इन्टरनेट सोसाइटी नेपालले संयक्त रुपमा आयोजना गर्न गईरहेको छ । सम्मेलनमा Critical Infrastructure and Protection, Combating Cyber security Incidents in Nepal, Security of e-Enable Services and Applications, Surveillance and Privacy का विषयवस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् । सो अवसरमा Cyber security Incidents In South Asia And Developing Regional Collaboration र Cyber Attacks In Financial Infrastructure In Nepal विषयमा प्यानल छलफल हुनेछ ।