स्मार्ट ट्वाइलेट !

२०७२ माघ २ गते, शनिबार

काठमाडौँ । सबै कुरा स्मार्ट हुँदै गएको समयमा ट्वाइलेट पनि स्मार्ट नै आएको छ । लस भेगासमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा एउटा इन्टेलिजेन्ट ट्वाइलेटले उपभोक्ताको ध्यान खिच्न सफल भएको छ । यो ट्वाइलेटको खुवी पनि निकै उपयोगी छ । यो ट्वाइलेटका नजिक कुनै व्यक्ति जाने बित्तिकै ट्वाइलेट आफै खुल्छ र हरेक पटक फ्लशका साथै आफै सफा हुने गर्दछ । यो ट्वाइलेटले प्रयोगकर्तालाई तातोपानीका साथ आफै सफा गर्न सहयोग गर्ने दावीसमेत गरिएको छ । यो ट्वाइलेटको मूल्य करिब भारतीय साढे ६ लाख बताइएको छ । महंगा भए पनि नियोरेस्ट ट्वाइलेटको यो करिब चार करोड मोडल विक्री भइसकेको छ । बाथरुमसँग सम्बन्धित सामग्री बनाउने कम्पनी टोटोका अनुसार ‘इन्टेलिजेन्ट ट्वाइलेट’ लाई थप विकसित गरिँदैछ । कम्पनीका प्रवक्ताका अनुसार यो ट्वाइलेट इलेक्ट्रोलाइज्ड पानीले स्प्रे गरेर स्वयमलाई सफा राख्न सक्षम छ । जसबाट ब्याक्टेरिया समाप्त हुनेछ । त्यति मात्र होइन, यसको सतहमा पनि केही पनि टाँसिदैन । बीबीसीले लस भेगासका कयौ होटलमा यसको प्रयोग सम्भव रहे नरहेको विषयमा गरेको प्रश्नमा उनीहरूले इन्कार गरेका छन् । यद्यपि एक स्मार्ट होम विशेषज्ञ भन्छन्– जुन उपभोक्ताले यस्तो ट्वाइलेट किन्न चाहन्छ, यसले ख्याल राख्नु पर्नेछ कि ट्वाइलेटको बाहिरी भागको सफाई उपभोक्ता आफैले गर्नुपर्नेछ । एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]