काठमाडौंमा चिसो बढ्यो, एक दुईदिन राम्रो घाम नलाग्ने

२०७२ माघ ५ गते, मंगलवार

काठमाडौ, ५ माघ । काठमाडौंमा आज अलि बढी चिसो महसुस भएको छ । आज बिहान पौने ६ बजे २ दशमवल ५ डिग्री पुगेको थियो भने अहिले ३ दशमलव ७ डिग्री रहेको छ । अबको एकदुई दिन राम्रोसँग घाम नलाग्ने भएकाले केही चिसो मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो २० डिग्री अधिकतम तापक्रम भए पनि आज १७ डिग्रीसम्म रहने महाशाखाले जनाएको छ । आज अपरान्हदेखि रातीसम्ममा पूर्वी नेपालको उच्च पहाडी क्षेत्रमा वर्षा हुन सक्ने तथा हिमाली क्षेत्रमा हिमपातसहित वर्षा हुन सक्ने मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा भने केही दिन वर्षा हुँदैन तर भयो भने भरे राती केही हल्का वर्षा हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]