पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह पत्ता लाग्यो
काठमाडौं, ७ माघ । अमेरिकाका अन्तरिक्ष वैज्ञानिकहरुले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लगाएको बताएका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकहरुको भनाइ छ ।
क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि ‘प्लानेट नाइन’ राखिएको छ ।
ग्रह रहेको भन्ने अनुसन्धानको नतिजा कम्प्युटरको मोडलिङमा आधारित छ । तर अनुसन्धान रिपोर्टका सहलेखक कोनस्टान्टिन बेटेगिनले भने ग्रह अस्तित्वमा रहेकोमा आफूहरु पूर्ण विस्वस्त रहेको बताए ।
यो अनुसन्धान र त्यसको उपलब्धीले सौर्य मण्डल तथा आकाश गंगाको विषयमा हुने नयाँ जानकारी प्राप्त गर्न सकिने वैज्ञानिकहरुको भनाइ छ ।
प्लानेट नाइनले बरुणले भन्दा २० गुण छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धानकर्ताले बताएका छन् । सार्य मन्डलमा यसको अर्बिटको दुरी दुई अर्ब ८० करोड माइलको छ ।
बरुणभन्दा २० गुण छिटो गतिमा सूर्यको परिक्रमा गर्ने भए पनि अर्बिट ठूलो भएकाले यसलाई एक पटक सूर्यको पूर्ण परिक्रमा गर्न १० देखि २० वर्षसम्म लाग्ने अनुसन्धानकर्ताले बताएका छन् । – एजेन्सी