युट्युबबाट नाम र दाम कमाउने भए …
काठमाडाँै । युट्युब संसारको सबैभन्दा धेरैले रुचाएको भिडियो साइट हो । संसारभरका ३ सय करोड अनलाइन प्रयोगकर्ता छन्, जसमध्ये एक सय करोडले युट्युब प्रयोग गर्दछन् । युट्युबको प्रयोग गर्ने आधा प्रयोगकर्ता स्मार्टफोनबाट भिडियो हेर्दछन् । त्यसैले भिडियो अपलोडकर्ताले यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनभने तपाईंको कुनै भिडियो युट्युब प्रयोगकर्ताको रोजाईमा पनि पर्न सक्दछ । त्यसलाई तपार्इंलाई रातोरात युट्युब स्टार पनि बनाउन सक्छ ।
सन् २०१५ को अन्त्यसम्म हरेक मिनेट युट्युबमा चार सय घण्टा लामो भिडियो अपलोड भइरहेको थियो । यदि तपाईं पनि आफ्नो भिडियो अनलाइन पोस्ट गर्नुहुन्छ भने तपाईं पनि एक सय करोड युट्युब प्रयोगकर्तासम्म आफ्नो सन्देश प्रवाह गर्न सक्नुहुनेछ । तर स्टार बन्नका लागि तपाईंको भिडियो यस्तो विशेष हुनुपर्छ जसले मानिसको मन छोओस् ।
गंगनम स्टाइलक नामको गीतलाई संसारभरमा करिब २५० करोडपटक हेरिएको छ । युट्युबमा यो भिडियो अहिलेसम्मको सबैभन्दा बढी हेरिएको म्युजिक भिडियो बनेको छ ।
सुरुवातमा युट्युबमा मात्र २१४ करोड पटक हेरिएको भिडियोको मात्र गन्ती गर्न सकिन्थ्यो । तर, जसै यो भिडियोलाई मानिसहरुले रुचाउन थाले तब गंगनम स्टाइलको दर्शक २१४ करोड पुगिरहेका थिए । त्यसपछि युट्युबले यसको सीमा बढायो र मानिसहरुले गंगनम स्टाइलको मजा लिन सके ।
म्युजिकभन्दा अर्काेतिर सबैभन्दा बढी हेरिने भिडियो यी दुई बच्चाको हो । यी दुई जनालाई देखेर तपार्इंको हाँसो पनि रोकिने छैन । त्यसैले संसारभर यो भिडियो ८३ करोडभन्दा बढी हेरिएको छ ।
यदि कुनै भिडियो धेरैले रुचाएको खण्डमा युट्युबले उक्त भिडियो निर्माण गर्नेलाई पैसा पनि दिने गर्दछ । अनजानमै सही तपाईंका लागि पैसा पनि जम्मा भइरहनेछ ।
गत दशममा जब यो सेवा सुरु भएको थियो, तब युट्युब एउटा डेटिङ साइटजसरी सुरु भएको थियो, यसको नाम थियो–ट्युन इन हुक ।
यसलाई जावेद करिब, स्टीभ चेन रु चैड हर्ले नामका तीन जना व्यक्तिले सुरु गरेका थिए । जुन भिडियो सबैभन्दा पहिला २३ अप्रिल २००५ मा युट्युबमा अपलोड गरिएको थियो त्यो जावेदकै थियो ।
वर्षभरमा मानिसहरुले यो भिडियो शेयरिङ वेभसाइटमा यति रुचाए कि गुगलले यसलाई आजको मूल्यअनुसार करिब ११ हजार करोड भारतीय रुपैयाँभन्दा बढीमा किन्यो ।
भिडियो हेर्नेहरुका लागि युट्युब पहिरो रोजाई हो । यसमा कुनै शंका छैन । तर, फेसबुक प्रयोगकर्ताहरुको संख्या निकै धेरै छ ।
सन् २०१४ मा गरिएको अध्ययनअनुसार अमेरिकामा मात्र ७७ प्रतिशत मानिस फेसबुकमा छन् । जबकि ६३ प्रतिशत मानिस युट्युब प्रयोग गर्दछन् । ट्वीटर र गुगल प्लस योभन्दा धेरै पछाडि नै छ ।
जसरी ब्याण्डविथको स्थितिमा सुधार भइरहेको छ, इन्टरनेटमा भिडियो शेयरिङ पनि बढिरहेको छ । मोबाइल फोनबाट अब तपाई एचडी भिडियो खिच्न सक्नु हुन्छ । र, केही मिनेटमै युट्युबमा शेयर गर्न सक्नु हुन्छ । फेसबुक पनि अब भिडियो शेयरिङमा ठुलै आकारमा आउने तयारीमा जुटेको छ । त्यसैले तपार्इं पनि राम्रो भिडियो निर्माण गरिरहनु भएको छ भने युट्युबबाट नाम मात्र होइन, दाम पनि कामाउन सक्नु हुनेछ । तर, भिडियो भने सबैले रुचाउने बनाउनु आवश्यक छ । – एजेन्सी