नयाँ जातको उखु परीक्षण

२०७२ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौं, ७ फागुन । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ किसिमका उखु परिक्षण गरेको छ । बाराको जितपुरमा नार्कअन्तर्गतको उखुबाली अनुसन्धान कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. विन्देश्वरप्रसाद साहले ६७ वटा नयाँ प्रजातिका उखु अनुसन्धानका लागि हस्तान्तरण गरे ।
यसअघि दुई चरणमा प्रतिष्ठानले कार्यक्रमलाई अनुसन्धानका लागि दिएको १०७ किसिमका नयाँ उखु मध्ये १५ किसिमका उखु प्रारम्भिक मुल्यांकनबाट थप अध्ययनका लागि छानिएका छन् । यो अनुसन्धान नेपालमा उखुबालीको भविष्यका लागि धेरै महत्वपूर्ण हुने प्रतिष्ठानको भनाइ थियो । एक दशक यता भारतबाट अनुसन्धानका लागि उखु आउन छाडेपछि प्रतिष्ठानले नयाँ अनुसन्धान अघि बढाउन सकेको थिएन ।

प्रतिक्रियाहरु

[anycomment]