अनलाइन शिक्षा कार्यक्रम प्रभावकारी नहुने

२०७२ फाल्गुन २१ गते, शुक्रबार

काठमाडौ, २१ फागुन । पाँचथरमा लागू गर्ने भनिएको अनलाइन शिक्षा कार्यक्रम प्रभावकारी नहुने देखिएको छ । समयानुकुल शिक्षामा जोड दिँदै बालबालिकालाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्न लागू गर्ने भनिएको अनलाइन शिक्षा कार्यक्रमको पहिलो चरणको काम नै अलपत्र परेको छ ।
असोज पहिलो हप्तासम्ममा विद्यालयको सर्वेक्षण गरी दोस्रो सातादेखि अनलाइनबाट अध्यापन गराउने तयारी थियो । तर विद्युत् सेवा पुगेका फिदिम नगरपालिकाका ८ र रानिटार, नाङगिन र भारपा गाविसका ७ गरी कूल १५ माध्यमिक विद्यालयमा पहिलो चरणमा अनलाइन शिक्षा लागू गर्ने योजना मध्य फागुन हुँदासम्म विद्यालयको सर्वेक्षण समेत गरिएको छैन ।
कार्यक्रम लागू गर्न जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत युगमणि सवेहाङको संयोजकत्वमा पूर्व जिल्ला शिक्षा समिति सदस्य राधाकृष्ण न्यौपाने र श्रोतव्यक्ति विनोद ठाकुर सम्मिलित तीन सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको थियो । अनलाइन शिक्षा पहिलो पटक देशका पाँचथर, झापा र बझाङमा बाट लागू गर्ने बताइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]