देशभर मौसममा बदली, मेघ गर्जनसहित पर्ने सम्भावना

२०७२ फाल्गुन २३ गते, आईतवार

काठमाडौं, २३ फागुन । आज बिहानदेखि नै देशका धेरै ठाउँमा मौसम बदली भएको छ ।मौसमविद् राजु प्रधानाङ्गको अनुसार पश्चिमी वायुको असरका कारण देशभरीकै मौसम बदली भएको हो । उनका अनुसार अहिले यो वायु पश्चिमबाट पूर्वतिर गइरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम पूृर्ण रुपमा बदलिएको छ । बेलुकासम्ममा हावाहुरी र मेघ गर्जनसहित देशभरी नै पानी पर्ने सम्भावना छ । मौसम बदली भएपछि हवाई उडान प्रभावित भएको छ । बिहानको आन्तरिक उडान ठप्प रहेको र अन्तर्राष्ट्रिय उडान मात्र भइरहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि मौसम बदली भएको छ । आज देशभरीकै मौसम आशिंक बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा बेलुकीपख मेघगर्जन सहित क्षणिक वर्षा हुने सम्भावना छ ।

प्रतिक्रियाहरु

[anycomment]