पराकम्पले जमिन फाट्यो

२०७२ चैत्र २ गते, मंगलवार

काठमाडौ, २ चैत । आज बिहान तीन बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङलाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले सिन्धुपाल्चोकको सेलाङ गाविसस्थित बाँसखर्कमा जमिन फाटेको छ । बस्तीमा जमिन फाटेपछि स्थानीय त्रसित भएका छन् । हिजोदेखि असिना पानी परेसँगै चलेको हावाहुरीले अस्थायी छाप्राका त्रिपाल उडाएपछि बिचल्लीमा परेका बाँसखर्कका डेढ सय परिवार भूकम्पपीडित जमिन फाटेपछि झनै आतंकित भएका छन् । जमिन फाटेपछि त्यहाँ पहिरो जाने डरले भूकम्पपीडितको चिन्ता बढाएको छ । बैशाख १२ को भूकम्पपछि पनि त्यस आसपासमा जमिन फाटेर पहिरोसमेत चलेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]