वेवसाइट ह्याकर पक्राउ
काठमार्डौं, १० चैत । तनहुँ बन्दीपुर घर भै काठमाडौं नागार्जुन नगरपालिका बालाजु हाईट बस्ने १८ बर्षीय बिकास पौडेललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । प्रहरिले बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुको वेवसाइट ह्याक गरेको आरोपमा उनलाई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट चैत ७ गते पक्राउ गरेको बताएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय समेतका कार्यालयहरुको वेवसाइट ह्याक भएपछि महाशाखाले प्राप्त सूचनाहरुको आधारमा ह्याकर्सको बारेमा प्रारम्भिक अनुसन्धान गर्दै जांदा ूब्लयलथmयगक ३इउलभउू ले ह्याक गरेको देखिन आएको थियो । सो को बारेमा थप अनुसन्धान गर्दै जाँदा पौडेलले सो मार्फत बिभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुको वेवसाइट ह्याक गरेको खुल्न आएपछि उनलाई महाशाखाले पक्राउ गरेको हो ।
पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध बिकास संस्थान, नेपाल दुरसंस्थानका केही प्रयोगकर्ताहरुको विवरण एवं बिभिन्न शैक्षिक संस्थाहरु लगायत करीव २ सय वटा वेवसाइटहरु ह्याक गरेको बुझिन आएकोले सो सम्बन्धमा अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।