रेडियो नेपालको स्तर सुधार्न सन्चारमन्त्रीको आग्रह
काठमाडौं, ११ चैत । सन्चारमन्त्री शेरधन राईले रेडियो नेपालको व्यवस्थापन सुधार कार्ययोजना घोषणामा अब एकले अर्काको टाउकामा दोष थोपरेर पन्छिने अवस्था नरहेको बताएका छन । उनले सरकारी सन्चारमाध्यहरुको प्रभाव घट्दै गएको भन्दै त्यसलाई स्तरीय बनाउन नयाँ योजनासहितको प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । रेडियो नेपालको स्तर खस्किएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री राईले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नगरे व्यवस्थापनमाथि कारबाही गर्ने चेतावनी दिए । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले नयाँ कार्ययोजना कार्यन्वयनको प्रतिबद्धता जनाए ।