ब्राले नै बताउनेछ स्तन क्यान्सर छ/छैन
काठमाडौं, १२ चैत । हरेक देशमा करिब २,४०,००० भन्दा बढी महिला स्तन क्यान्सरको शिकार हुने गर्दछन् । स्तन क्यान्सर थाहा पाउन सजिलो पनि छैन । र, अधिकांश महिलालाई यस विषयमा जानकारी पनि हुँदैन कि उनीहरुलाई स्तन क्यान्सर छ। त्यसैले कति राम्रो हुन्थ्यो यो रोगका विषयमा चिकित्सककोमा जान नपरे र कुनै परीक्षणबिना नै थाहा पाए । कोलम्बियाको नेशनल युनिभर्सिटीका अध्ययनकर्ताहरुले एउटा यस्तो ब्रा तयार पारिरहेका छन्, जसले तपाईमा स्तन क्यान्सर भए नभएको थाहा दिने छ । यो नयाँ ब्रालाई इन्फ्रा–रेड सेन्सरसहित तयार पारिँदैछ । जसले स्तनको तापमान रेकर्ड गर्ने काम गर्दछ । तपाईमा स्तन क्यान्सर छ वा छैन सेकेन्डभरको परीक्षणमा थाहा हुनेछ । सबै कुरा यो ब्राको अलग अलग कलर लाइट्सबाट तपाई थाहा पाउनुहुनेछ ।
बजारमा सार्वजनिक गर्नुअघि यो ब्रालाई युनिभर्सिटीको ल्याबमा परीक्षण गरिनेछ । यद्यपि यो ब्राले स्तन क्यान्सर भए नभएको बताए पनि मेडिकल टेस्ट र उपचार भने गर्नु आवश्यक पर्नेछ । तैपनि यो रोग पत्ता लगाउने सजिलो र उत्तम तरिका भने हुनेछ । – एजेन्सी