रानीबारीमा सुबिसुको स्टेशन स्थापना

२०७२ चैत्र १५ गते, सोमबार

काठमाडौ । सुबिसु केबलनेट प्रालिले काठमाडौको रानीबारीमा आफ्नो दोस्रो आउटलेट सुबिसु स्टेशन स्थापना गरेको छ । स्टेशनको उद्घाटन गर्दै सुबिसु केबलनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदले ग्राहकलाई गुणस्तरीय सेवाको अनुभव गराउने लक्ष्य अनुरुप सो स्टेशन स्थापना गरेको बताए । इन्टरनेट नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले यस स्टेशनबाट रानीबारी तथा त्यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसु रिटेल सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । यस आउटलेटको स्थापनासगैं ललितपुरको झम्सीखेल र काठमान्डौंको रानीबारी गरि दुईवटा सुबिसु स्टेशन रहेका छन् । सुबिसुले आफ्ना ग्राहकहरुलाइ टिभि र इन्टरनेट सेवा प्रदान गदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]