सिजीको स्मार्टवाच बजारमा

२०७२ चैत्र १६ गते, मंगलवार

काठमाडौं । सिजी मोबाइल्सले आफ्नो नयाँ उत्पादनको रुपमा सिजी आइ वेर स्मार्टवाच नामक स्मार्टफोन बजारमा ल्याएको छ । सिजीको यस स्मार्टफोन एन्ड्रोइड र आइओएस दुबै अपरेटिङ सिस्टमा काम गर्ने कुरा कम्पनीले जनाएको छ । नेपाली बजारमा उपलब्ध स्मार्टवामा सबैभन्दा सस्तो स्मार्टवाचमा यो स्मार्टवाच पर्दछ । यस स्मार्टवाचको मूल्य रु. ४ हजार ४ सय ४४ रुपैयाँ राखिएको छ । कम मूल्यै स्मार्टवाच उपलब्ध भएपनि फिचरहरुमा कुनै कमी नभएको दाबी उत्पादक कम्पनीको दाबी छ । स्मार्टवाचका फिचरहरुमा १२८×१२८ पीक्सेल रिजोलुशन भएको १.४४ इन्चको स्क्रिन, ३५० एमएएचको ब्याट्री, ब्लुटुथ ४.० लगायतका फिचरहरु समावेश गरिएका छन् । यसमा प्रयोग भएको ब्लुटुथबाट अन्य स्मार्टफानसँग पनि कनेक्ट गर्न सकिन्छ । स्मार्टवाचबाट फाेन गर्न, मेसेज गर्न, साेसल मिडिया चलाउन सकिनेलगायतका थुप्रै फिचरहरु रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]