रोबोटलाई वेटर्स बनाउदा …

काठमाडौं । दक्षिण चीनको ग्वांगजु क्षेत्रको तीन रेष्टुरेन्टले रोबोट वेटर्सलाई रोजगारी दिन महंगो सावित भएको छ। वर्कर्स डेलीका अनुसार यी तीनमध्ये दुई वटा रेष्टुरेन्ट बन्द भइसकेको छ। तेस्रोले पनि सबै रोबोट्स हटाएर मानिसलाई रोजगारी दिन सुरु गरेको छ। यद्यपि रोबोट वेटर ग्राहकलाई रेष्टुरेन्टमा आकर्षित गर्ने राम्रो पहल थियो । तर, कर्मचारीहरुका अनुसार खाना पस्कने र ड्रिङग्स दिने विषयमा रोबोटको प्रोग्रामिङ त्यति राम्रो थिएन । रेष्टुरेन्टका सुपरभाइजर लियांगका अनुसार ‘क्याटरिङ स्टाफको गतिशीलता धेरै राम्रो थियो । उनले भने–हामीले सुरुमा ६ वटालाई काममा राख्यौ, तर एक वर्षपछि हामीसँग अब एउटा मात्र छ ।
यही रेष्टुरेन्टका एक कर्मचारीले भने कि यो रोबोटसँग हाडमासुका उनका साथीहरुको तुलनामा समान क्षमता थिएन । वर्कर्स डेलीसँग एक कर्मचारीले भने–रोबोटले सीमित सेवा मात्र दिन सक्थ्यो, त्यसले ग्राहकलाई ग्लासमा पानी दिन सक्दैन थियो, न त ग्राहकबाट अर्डर नै लिन सक्थ्यो।
एक विज्ञका अनुसार रोबोटिक्सको वर्तमान अवस्था र अर्टिफिशियल इन्टेलिजेन्सका विषयमा हामी भन्न सक्छौ कि प्रविधि यति उन्नत हुन सकेको छैन कि रोबोटले वेटर्सको काम राम्रोसँग गर्न सकोस् । शंघाईको एउटा वेभसाइटले गुआंगडुंग युनिभर्सिटी अफ टेक्नोलजीका एक विज्ञ जांग युनलाई उधृत गर्दै भनेको छ–रोबोट उत्पादनको क्षेत्रमा पटकपटक एकैजस्तो काम गर्न राम्रो छ, तर रोबोट मानिससँग कुरा गेर स्वयम काम गर्न सक्षम छैन । – एजेन्सी