आजदेखि अवैध मोवाइल सेटले काम नगर्ने

२०७३ बैशाख १ गते, बुधबार

काठमाडौं, १ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध रुपमा भित्रिएका मोवाइल सेट नचल्ने जनाएको छ । अवैध रुपमा भित्रने मोवाइल सेटका कारण सरकारले राजस्व गुमाइरहेको तथा आपराधिक क्रियाकलाप पनि बढेको भन्दै प्राधिकरणले यस्ता मोवाइल सेटको प्रयोग रोक्न लागेको हो ।
प्राधिकरणले राष्ट्रिय उपकरण पहिचान दर्ताको कार्यान्वयन सम्बन्धी निर्देशिका जारी गर्दै अवैध मोवाइल सेटको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको हो । निर्देशिका अनुसार आफुले प्रयोग गरिरहेको मोवाइल सेटको ग्राहकले इन्टरनेसनल मोवाइल स्टेसन इक्विपमेन्ट आइडेन्टिटी नम्बर दर्ता गर्नु पर्ने छ । यस्तै व्यक्तिगत प्रयोगका लागि विदेशबाट मोबाइल ल्याएमा पनि त्यसको दर्ता गर्नु पर्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]