नेपाल राजपत्र अब वेबसाइटमा पनि

२०७३ बैशाख ७ गते, मंगलवार

काठमाडौँ, ७ वैशाख । विसं २००८ देखि २०७० सम्म प्रकाशित नेपाल राजपत्रलाई अब वेबसाइटमा पनि हेर्न सकिने भएको छ ।
धधध।नयउ।नयख।लउ बाट आफूलाई जानकारी लिन चाहेको जुनसुकै नेपाल राजपत्रलाई हेर्न सकिन्छ । विसं २००८ साउन २३ गतेदेखि २०७० को अन्त्यसम्मका लागि एक लाख २० हजार राजपत्रलाई विभागले अभिलेखीकरण गरिसकेको छ ।
मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वेवसाइटको उद्घाटन गर्दैे सम्पूर्ण सरकारी कार्यालयलाई कागजबिना नै काम गराउने सरकारको ‘पेपरलेस’ अवधारणालाई उक्त वेबसाइटले थप मद्दत पु¥याउनु बताउनुभयो ।
‘अब नेपालमा नै राहदानी, नागरिकता छपाइको काम मुद्रण विभाग मार्फत गर्नुपर्छ’, मन्त्री राईले भन्नुभयो –‘स्वदेशमा नै सुरक्षित मुद्रण गर्न आगामी दिनमा विभागलाई साधन स्रोतसम्पन्न बनाउनेतर्फ नेपाल सरकार अग्रसर छ ।’
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले विगतमा राजपत्र खोज्न र टिपोट गर्न लाग्ने अनावश्यक समयलाई अब राष्ट्र निर्माणमा लगाउन सबैलाई आग्रह गर्नुभयो ।
प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सरकारले कस्तो काम गरिरहेको छ भन्ने जानकारीलाई पारदर्शी र जवाफदेही रुपमा सार्वजनिक गर्ने अवधारणास्वरुप नेपाल राजपत्रको प्रकाशन हुन थालेको बताउँदै अब विभागलाई आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिका लागि थप पहल गर्न सुझाउनुभयो ।
राष्ट्रिय योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले आयोगले आफ्ना नीति, योजना तथा कार्यक्रमलाई वेबसाइट मार्फत जनतासामु पु¥याइरहेको बताउँदै १४ औँ योजनाको अभिलेखीकरण गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।
विभागका महानिर्देशक शङ्कर अर्यालले नेपालको ऐन, नियमबारे सर्वसाधारणलाई सहज तरिकाले जानकारी गराउने उद्देश्यले विसं २००८ मा नेपाल गजेटको नामबाट सुरु भई २०२३ सालदेखि नेपाल राजपत्र भएर प्रकाशन भएको जानकारी दिनुभयो ।
उहाँले नागरिकलाई ऐन, नियमको दायरामा ल्याउन तथा विभिन्न प्रकारका महत्वपूर्ण सरकारी निर्णयलाई वैधानिकता दिन समेत नेपाल राजपत्र महत्वपूर्ण रहेको बताउनुभयो । – रासस

प्रतिक्रियाहरु

[anycomment]