मनसुन सक्रिय , अधिकांश भागमा बर्षा हुने

२०७३ असार २ गते, बिहीबार

काठमाडौ, २ असार । हिजोदेखि सुरु भएको यस वर्षको मनसुन आज पनि सक्रिय रहनेछ । सामान्य समयभन्दा एक साता ढिलो गरी प्रवेश गरेको मनसुनका कारण पूर्वी नेपालमा अधिकांश भागमा वर्षा भइरहेको छ । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वबाट सुरु भएको मनसुन अब मध्य र पश्चिमतर्फ फैलिने बताएको छ । आज पनि दिउँसो मौसम बदली भई अधिकांश भागमा बर्षा हुनेछ । मौसमी नक्सा तथा भू–उपग्रहले खिचेका बादलका तस्बिरका आधारमा मनसुन केही दिनभित्रै नेपालभर सक्रियरुपमा फैलिने अनुमान जलवायु तथा मौसम विज्ञान विभागको छ ।
पूर्वी नेपाल आइपुगेको मनसुन थप सक्रिय भएपछि देशैभर वर्षा हुनेछ । मौसमविद्हरुले यो वर्षको मनसुुनमा औषत वर्षा हुुने प्रक्षेपण यसअघि नै गरिसकेका छन् । तर मनसुुनका समयमा हुुनसक्ने अतिवृष्टि र अनावृष्टिका बारेमा भने कुुनै अनुुमान र विश्लेषण भएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]