भाइबरले नेपालमा लगानी गर्ने
काठमाडौँ, १० असार । सामाजिक सञ्जाल भाइबरले नेपालमा लगानी गर्ने भएको छ । भाइबरले टुबोर्गसँगको सहकार्यमा नेपालमा लगानी विस्तार गर्न लागेको हो । भाइबरले नेपालको स्थानीय नेपाली भाषामा स्टिकर उत्पादन गर्नका लागि लगानी गर्न लागेको जनाएको छ । कम्पनीले विहीबार राजधानीमा एक कार्यक्रम गरी आफ्ना योजनाबारे जानकारी गराएको हो ।
भाइबरका लागि नेपाल राम्रो बजार भएकाले भविष्यमा थप लगानी गर्न र नयाँ योजनाहरु ल्याउन इच्छुक रहेको कम्पनीले जनाएको छ । विश्वभरि ७ करोडभन्दा धेरै प्रयोगकर्ता रहेको भाइबरको नेपालमामात्रै ४५ लाख प्रयोगकर्ताहरु रहेको कम्पनीको दाबी छ ।