शेर्पा संचार समुहद्वारा समाचार लेखन तालिम संचालन

काठमाडौं, १५ असार । शेर्पा किदुक मलेसियाको सहयोगमा शेर्पा संचार समुह नेपालले युवा शेर्पाहरुलाइ ५ दिने समाचार लेखन तालिम संचालन गरेका छ्न । तालिम संचारको कार्यालय बौद्ध टुसालमा आज देखि संचालन भइ रहेका छन ।
पत्रकार महासंघका महासचिव उजिर मगरले १३ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइरहेका छ्न । शेर्पा समुदायमा समाचार लेखनमा धेरै समस्याहरु आएकाले गर्दा यसलाइ कसरी सुधारेर लाने भनी तालिम संचालन गरेको सन्चारकी महासचिव फुर्किमा शेर्पाले जानकारी दिए । तालिम लिन उपत्यका बाहिरका शेर्पा युवाहरुले समेत सहभागीता जनाएका छन ।