उत्तर कोरियाद्वारा अर्को ब्यालेस्टिक मिसाइल परीक्षण
काठमाडौँ, २५ असार । उत्तर कोरियाले एक पनडुब्बीबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको जनाएको छ। दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले यो परीक्षण कोरियाली प्रायद्वीपको पूर्वी समुद्री हिस्साबाट गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले सिनपो तटबाट स्थानीय समयअनुसार ११.३० बजे मिसाइल परीक्षण गरेको हो ।
उत्तर कोरिया परमाणु हतियार विकासित गर्ने कोशिस गरिरहेको छ । जसमाथि राष्ट्रसंघले केही प्रतिबन्ध लगाएको छ।
संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार उत्तर कोरियाले कुनै पनि प्रकारको ब्यालेस्टिक मिसाइल प्रविधिको प्रयोग गर्न सक्दैन ।
उत्तर कोरियाको खतरा सामना गर्न अमेरिका र दक्षिण कोरिया एउटा मिसाइल डिफेन्स सिस्टम तैनाथ गर्न सहमत भएका छन् । यद्यपि यो विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाएको छैन ।
यसअघि उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनमाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकाले सर्वोच्च नेता उनसहित दश जना अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो । यस्तै कतार र पोल्याण्ड जस्ता मुलुकले पनि उत्तर कोरियाबाट आउने कामदारलाई दिइने भिसा कम गरेको जनाएको थियो ।
अमेरिका र अन्य देशको यो कामलाई उत्तर कोरियाले भने ‘एक्ट अफ वार’को संज्ञा दिदै अमेरिकाले युद्ध घोषणा गरेको जनाएको थियो ।
उत्तर कोरियाले अमेरिकाले उक्त प्रतिबन्ध फिर्ता नलिए सबै प्रकारका कुटनीतिक सम्बन्ध तोड्ने चेतावनीसमेत दिएको थियो । यद्यपि अमेरिका र उत्तर कोरियाबीच कुनै पनि प्रकारको सिधा कुटनीतिक सम्बन्ध छैन । अमेरिकाले राष्ट्रसंघीय मिसनमार्फत सन्देश आदानप्रदान गर्दै आएको छ। – एजेन्सी