पश्चिम नेपालमा भारी बर्षाको सम्भावना

२०७३ असार २८ गते, मंगलवार

काठमाडौ, २८ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पश्चिम नेपालमा पानी पर्ने सम्भावना रहेको बताएको छ । आज मौसममा केही बदली भएकाले सुदूर र मध्यपश्चिममा भिषण पानी पर्न सक्ने महाशाखाले जनाएको हो । मौसम पूर्वानुमान महाशाखाले सुदूर र मध्य पश्चिमी क्षेत्रका पहाडी, हिमाली र तराईका भागमा भारी वर्षा हुने अनुमान गरेको छ ।
नेपालसहित तिब्बती भू–भागसम्मै भारी वर्षा हुन गई सुदुर र मध्य पश्चिमी क्षेत्रका जलाधार र नदी प्रणालीमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा सचेत गराएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको ‘बाढी भविष्यवाणी शाखा’ले मेचीदेखि महाकालीसम्मका ४२ वटा नदी प्रणालीमा मनसुन सुरु भएदेखि नै नदीको अनुगमन गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]